PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

फिफाले गर्‍यो पाकिस्तान फुटबल संघलाई निलम्वन, कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने



पहिलोपोस्ट

फिफाले गर्‍यो पाकिस्तान फुटबल संघलाई निलम्वन, कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई आफ्नो सदस्यबाट निलम्वन गरेको छ। 

फेडेरेसनमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलको ब्युरोले मंगलबार गरेको निर्णय अनुसार फिफाले पिएफएफलाई निलम्वन गर्ने निर्णय गरेको हो।

पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग पनि लिएको थिएन।

कोर्टले नियुक्त गरेको फुटबल बडीले पिएफएफको अफिस र एकाउन्ट नियन्त्रण गरेको पिफा काउन्सि ब्युरो ठहर छ।  पिएफएफको अफिस एकाउन्ट लगायत विषय पिएफएफलाई फिर्ता गरेपछि मात्र फिफाले निलम्वन फुकुवा गर्ने समेत जनाएको छ।

निलम्वनपछि पिएफएफले फिफा स्ट्याटसको १३ नम्बर बुँदा अनुसार सबै मेम्बर राइट गुमाएको छ। अब पिएफएफ प्रतिनिधि र क्लबहरुले निलम्वन रहुन्जेल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने फिफाले जनाएको छ।

यस्तै पिएफएफका कुनै पनि मेम्बर वा अफिसिएलहरुले फिफा र एएफसीबाट कुनै पनि डेभलपमेन्ट प्रोग्राम, कोर्स वा ट्रेनिङमा भाग लिन पाउने छैन।  यस्तै १६ नम्बर बुँदा अनुसार अन्य संघहरुले समेत पिएपएफसंग कुनै गतिविध गर्न पाउनेछैन।

फिफाको २११ सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान २ सयौँ स्थानमा रहेको छ। सन् २०१५ को मार्चमा यमनसंग वर्ल्ड कप क्वालिफायर खेलेपछि पाकिस्तानले कुनै पनि खेलेको छैन। 

यस्तै पाकिस्तानमा अहिले कुनै व्यावसायिक फुटबल लिग समेत भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell