बर्दिया : विजयदशमी तथा दीपावलीका अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकामा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीको मृत्यु भएको छ।
स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका– ३ बगनाहाका १७ वर्षीय नरेश थारुको मृत्यु भएको हो।
फुटबल खेल्दै गर्दा बेहोस भएका थारुको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।रासस