PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

नेशनल प्याब्सनको अधिवेशन कार्त्तिक १७ गतेदेखि चितवनको सौराहामा हुने



पहिलोपोस्ट

नेशनल प्याब्सनको अधिवेशन कार्त्तिक १७ गतेदेखि चितवनको सौराहामा हुने

काठमाडौँ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(नेशनल प्याब्सन)को छैठौँ राष्ट्रिय अधिवेशन आगामी कार्त्तिक १७ देखि १९ गतेसम्म चितवनको सौराहामा हुने भएको छ। 

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। साथै संघीयतामा विद्यालय शिक्षा तथा निजी शिक्षाको भूमिका, शुल्क निर्धारणका वैज्ञानिक आधार, मापदण्ड निर्धारणसम्बन्धी संस्थाको धारणा, छात्रवृत्ति, विद्यालय संरचना, विद्यालयको बैंक ऋण जस्ता विषयमा विज्ञका अलगअलग सत्र पनि सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

अधिवेशनमा विनाशकारी भूकम्पले क्षति पुर्याएका निजी तथा आवासीय विद्यालयको पुनःनिर्माणमा पाउन सकिने सहुलियतपूर्ण बैंक ऋणका विषयमासमेत छलफल हुनेछ। भूकम्पले करिब ४०० निजी विद्यालयलाई क्षति पुर्याएको थियो। 

संस्थाका अध्यक्ष कर्णबहादुर शाहीले अधिवेशन सम्पन्न गर्न विभिन्न २७ उपसमिति गठन गरिएको जानकारी दिए। उनले निजी लगानीमा सञ्चालित विद्यालयको संरक्षण र प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरे। 

संस्थाले संस्थापकको वंशानुक्रमअनुसार विद्यालयको स्वामित्व स्थानान्तरण हुँदै जाने अधिकार सुरक्षित गर्न, संविधानको भावनाअनुसार विद्यालय शिक्षा सञ्चालन गर्नसमेत सरकारसँग माग गरेको छ। 

सचिव सूर्यबहादुर अधिकारीले स्थानीय निकायले आफूखुसी निजी तथा आवासीय विद्यालयबाट कर लिन शुरु गरेकामा आपत्ति जनाए।

नेशनल प्याब्सनको विधानअनुसार प्रत्येक तीन वर्षमा हुने अधिवेशनमा देशभरका दुई हजार ५०० प्रतिनिधिको सहभागिता रहने छ। 
रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell