PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

चेतनाथ आचार्यको चीन चिहाउँदा सार्वजनिक



पहिलोपोस्ट

चेतनाथ आचार्यको चीन चिहाउँदा सार्वजनिक

काठमाडौं : चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा आवद्ध पत्रकार चेतनाथ आचार्यको पुस्तक चीन चिहाउँदा सार्वजनिक भएको छ। सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक गैर आख्यान भए पनि आख्यानात्मक शैलीमा लेखिएको छ। 

चिनियाँ समाजलाई आचार्यले जुन हिसाबले हेरेका छन्, नेपाली पाठकका लागि रोचक विषय हुनसक्छ। चिनियाँ समाजसँगै नेपालप्रतिको चिनियाँ बुझाईका विषयलाई पुस्तकमा समेटिएको छ। लामो समयदेखि बेइजिङलाई कर्म थलो बनाउँदै आएका आचार्यका यसअघि पनि चीनकै विषयमा गैर आख्यान र कथा संग्रहहरु प्रकाशित छन्। 

आचार्यले चीनको विशालताका अगाडि पुस्तकले नेपाली पाठकबीच पस्केको सामग्री ज्यादै सानो रहेको स्वीकारेका छन्। यद्यपि चीन भ्रमण गरेर त्यहाँका बारेमा आएका आलेख संग्रहभन्दा अलग धारमा लेखिएका सामग्रीहरु यसमा समावेश छन्। चीनको सामाजिक पक्षलाई नेपाली आँखाबाट बुझ्न पुस्तक महत्वपूर्ण सामग्री हुनसक्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell