
काठमाडौँ : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै गठन गरेको १७ सदस्यीय संसदीय समितिको पहिलो बैठक बालुवाटारस्थित उनकै निवासमा बसेको छ।
बैठकले यही असोज २९ गते बुझाउनु पर्ने समानुपातिकतर्फका उम्मेदवारहरुको सूची तयार पार्न गृहकार्य गरेको समितिका सदस्य प्रकाशशरण महतले बताए।
यसका लागि बैठकले केही मापदण्ड पनि बनाएको छ- अपवादबाहेक समानुपातिकमा पहिलेका उम्मेदवारहरुलाई नदोहोराउने, स्थानीय तहमा उम्मेदवारी दिएका र निर्वाचित भएका सबैलाई उम्मेदवारीबाट वञ्चित गर्ने।
बैठकले एकै साथ हुने पहिलो हुने निर्वाचित हुने र समानुपातिकतर्फको निर्वाचन हुने भए पनि निर्वाचन आयोगले समानुपातिकतर्फको सूची दर्ता गर्ने मिति अगाडि राख्दा व्यवस्थापन पक्ष असहज भएको महसूस गरेको पनि ठहर गरेको छ।