PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ओलीले भने -नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थी गठबन्धन



पहिलोपोस्ट

ओलीले भने -नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थी गठबन्धन

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताएका छन्। 

गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताए।

उनले  देशलाई स्वाधीन र समृद्ध बनाउन विदेशमा रहेका नेपालीको साथ पनि आवश्यक रहेको बताए। 

उनले आफ्नो पार्टी हिन्दमहासागर जस्तो भएको दाबी गर्दै भने “सागरमा धमिलो पानी पनि हुन सक्छ, महासागरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउँछ।” 

बरिष्ठ नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशी अतालिएका बताए। “वाम गठबन्धन देशभित्र भएकाको मात्र हो”– नेपालले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell