PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

लोकतान्त्रिक फोरमले कैलालीमा गर्‍यो उम्मेदवार सिफारिस



पहिलोपोस्ट

लोकतान्त्रिक फोरमले कैलालीमा गर्‍यो उम्मेदवार सिफारिस

कैलाली : लामो समयसम्म थरुहट/थारुवान् आन्दोलन हाँक्दै आएको नेपाल लोकतान्त्रिक फोरमले कैलाली निर्वाचन क्षेत्र नं ४ का लागि प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीको केन्द्रीय उपाध्यक्ष तथा सांसद गीता राणा क्षेत्रीलाई छनोट गरेको छ। भने समानुपातिकतर्फ आदिवासी जनजाति महासंघ कैलाली अध्यक्ष तेज तरामी मगर, पार्टीका केन्द्रीय सदस्य माधव चौधरी, मनिराम चौधरी र महिला समानुपातिक सदस्यमा शारदा केसीको नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्तले जानकारी दिए।

त्यसैगरी, प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्त, क्षेत्रीय सदस्य रुपा चौधरी, ताराकुमारी चौधरी, जिल्ला सदस्य संगीता चौधरी, क्षेत्रीय सहअध्यक्ष मेलाराम टेर्रा, पार्टीको गौरीगंगा नपा अध्यक्ष सगतराम चौधरी, सचिव रामकुमार चौधरी र रामबहादुर चौधरीको नाम सिफारिस गरिएको छ। तर प्रत्यक्षतर्फ छनोट हुन बाँकी रहेको जनाइएको छ।

अन्य निर्वाचन क्षेत्रमा औपचारिक निर्णय हुन बाँकी रहे तापनि क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सांसद रामजनम चौधरी र समानुपातिकतर्फ पार्टी सहअध्यक्ष भानुराम थारुको नाम चर्चामा रहेको छ भने निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ सांसद जनकराज चौधरीको नाम पनि चर्चामा रहेको बताइएको छ।

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच भइरहेको तालमेलले उम्मेदवार छनोटमा केही प्रभाव पार्ने देखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell