PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

तिहारमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने



पहिलोपोस्ट

तिहारमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

काठमाडौ : गृह मन्त्रालयले तिहारमा राति १० बजेसम्म मात्र देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ। 

सुरक्षाको कारण देखाउदै गृह मन्त्रालयले राति १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको हो। 

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले सुरक्षालाई दृष्टिगत गरी सांस्कृतिक कार्यक्रमहरु राति १० बजेसम्म मात्र गर्न सबैमा हार्दिक अनुरोध गरिन्छ।’

त्यस्तै, मन्त्रालयले तिहार तथा छठमा पटका पड्काउनसमेत रोक लगाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell