PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सरकारले ल्याएको विधेयकमा कांग्रेसकै विमतिः यसकारण रोकियो राष्ट्रियसभा निर्वाचन विधेयक



आकाश क्षेत्री

सरकारले ल्याएको विधेयकमा कांग्रेसकै विमतिः यसकारण रोकियो राष्ट्रियसभा निर्वाचन विधेयक

काठमाडौं: संसद् विघटनको दिनगन्ती सुरु भइसकेको छ तर, संविधान कार्यान्वयनका लागि आवश्यक केही महत्वपूर्ण विधेयक अझै पारित भएका छैनन्।

राजनीतिक सहमति नहुँदा निर्वाचन विधेयक नै बन्धक बनेको छ। संसदबाट राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक नै पारित भएको छैन।

दफाबार छलफलसमेत संसद्को पूर्ण बैठकमा गर्नेगरी ‘फास्ट ट्रयाक’बाट पारित गर्ने तयारी गरिएको विधेयक राजनीतिक सहमति अभावमा सदनको कार्यसूचीमा प्राथमिकता पाउन सकेको छैन।

पटक–पटक विधेयक पारितको कार्यसूची र सम्भावित कार्यसूची बने पनि दलीय विवादका कारण पारित प्रक्रियाअघि बढेको छैन।


के हो विवाद?

वाम गठबन्धन र सत्तारुढ दल कांग्रेसबीच निर्वाचन प्रणालीलाई लिएर विवाद छ। सरकारले प्रस्ताव गरेको मूल व्यवस्थामा सत्तारुढ दल कांग्रेसले नै विरोध गरिरहेको छ।

मूल विधेयकले संविधानको व्यवस्था अनुसार राष्ट्रिय सभामा प्रदेशको निर्वाचक मण्डलबाट सांसद् निर्वाचित गर्ने व्यवस्था गरेको छ। तर, सत्तारुढ दल कांग्रेसले उक्त व्यवस्थालाई अहिले एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा उभिएको छ। जसमा मतदाताले उम्मेदवारलाई प्राथमिकता निर्धारण गरी मत दिन पाउँछन्।

तर, एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन एकल संक्रमणीय निर्वाचन प्रणालीको विपक्षमा छन्। मतभार फरक पर्ने हुँदा उक्त व्यवस्था कार्यान्वयनमा कठिन हुने भएकाले संवैधानिक व्यवस्था अनुसार नै विधेयक पारितको पक्षमा गठबन्धन छ।

विवादका कारण संसद्को कार्यकाल नै सकिन लाग्दा समेत विधेयक पारित हुन सकेको छैन।      

 

यस्ता छन् दलहरुका तर्क

चिनकाजी श्रेष्ठ

प्रमुख सचेतक, नेपाली कांग्रेस

राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक फरक ढंगले ल्याइएको छ। निर्वाचन आयोगमा भएको भागवण्डाको प्रभाव यो विधेयकमा पनि परेकाले विधेयक पारित नभएको हो। राष्ट्रियसभा भनेको सल्लाहकार समिति नै हो। यसमा सबै पार्टीलार्इ प्रतिनिधित्व गराउन सक्नुपर्छ।

समानुपातिक प्रणाली नेपालमा आवश्यक छ। यो विधेयकमा समानुपातिक प्रतिनिधित्वलार्इ विस्थापित गर्न खोजिएको छ। यो विधेयकले एउटै पार्टीको प्रतिनिधित्व हुने देखिन्छ। यसले नेपालका अन्य दलहरुलार्इ कसरी न्याय गर्लारु

 

अग्निप्रसाद खरेल,

पूर्व कानुनमन्त्री

सत्तारुढ कांग्रेसले नै सुरुमा राष्ट्रियसभा निर्वाचनसम्वन्धी विधेयकको मस्यौदा प्रस्तुत गर्‍यो र आफै पछि हट्यो। मस्यौदा प्रस्तुत हुँदा नेकपा एमाले, माओवादी केन्द्र र कांग्रेस समेतका प्रतिनिधिहरु बसेर सहमति भएको थियो। हाम्रो पार्टीबाट म एउटा प्रतिनिधि भएर गएको थिएँ।

पहिले कांग्रेस विधेयकको मस्यौदामा सहमत थियो तर, वाम गठवन्धन भएपछि एकल संक्रमणीय मतको आधारमा निर्वाचन हुनुपर्छ भनेर विधेयकमा असहमति जनाउँदै आएको छ। यसमा कांग्रेसको डर भनेको वाम गठबन्धनले सबै सिट जित्छ भन्ने हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell