PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

राजपाका नेता तथा पूर्वमन्त्री वकिल मुसलमान संघीय फोरममा प्रवेश



पहिलोपोस्ट

राजपाका नेता तथा पूर्वमन्त्री वकिल मुसलमान संघीय फोरममा प्रवेश

काठमाडौं :  राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा पूर्वमन्त्री वकिल मुसलमान संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्।
पूर्वमन्त्री मुलसमानको नेतृत्वको समूह फोरम नेपालमा प्रवेश गरेको हो।

यसैगरी, पूर्वसांसद ओमप्रकाश यादव नेतृत्वको समूह पनि फोरम नेपालमा प्रवेश गरेको छ। यादव राजपाका केन्द्रीय सदस्य हुन्।

संघीय समाजवादी फोरम नेपाल रुपन्देही जिल्ला समितिले बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्।
उनीहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell