PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

करेन्ट लागेर बर्दियामा एक जनाको मृत्यु, एक घाइते



पहिलोपोस्ट

करेन्ट लागेर बर्दियामा एक जनाको मृत्यु, एक घाइते

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखरा गइरहेको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। 

ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का २० वर्षीय बलिराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ। भुस बोकेको ट्रकमा बुधबार करेन्ट लाग्दा दुई जना घाइते भएका थिए। चालक र ट्रक प्रहरी नियन्त्रणमा छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell