PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

पवन थिङको गीती एल्बम 'फ्लाइ' सार्वजनिक



पहिलोपोस्ट

पवन थिङको गीती एल्बम 'फ्लाइ' सार्वजनिक

काठमाडौं : गायक पवन थिङको पहिलो एल्बम ‘फ्लाइ’ सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा आयोजित एक समारोहमा सुगम संगीतमा आधारित आधुनिक एल्बम रिलिज गरिएको हो। संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामा लगायतले एल्बम विमोचन गरे।

शास्त्रीय संगीतमा स्नातक गरेका गायक थिङले पाँच गीतहरुको उक्त एल्बममा पुर्वेली लोक शैलीलाई पनि अपनाएका छन्। एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ। समारोहमा गायक थिङले संगीतकार सुसन लामाको गिटारवादनमा एल्बमका सबै गीतहरु प्रत्यक्ष गाएका थिए।

समारोहमा विमोचित एल्बममा समावेश ‘सिमा पारी’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो। पासाङ योञ्जनले उक्त भिडियो निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell