PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फिल्म ‘गुडबाई काठमाडौं’ वर्ल्ड प्रिमियर कोरियाको बुसानमा



पहिलोपोस्ट

फिल्म ‘गुडबाई काठमाडौं’ वर्ल्ड प्रिमियर कोरियाको बुसानमा

काठमाडौं: फिल्म ‘गुडबाई काठमाडौं’को वर्ल्ड प्रिमियर तय भएको छ। लामो समय पोस्ट प्रोडक्सन फेजमा रहेको फिल्म अन्ततः प्रदर्शनका लागि तयार भएको हो। निर्माण सुरु भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्मले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्नेछ।

फिल्म दक्षिण एसियाको प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको हो। बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्म सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा छनोट भएको छ। उक्त अवार्डका लागि एसियाबाट ५६ वटा फिल्म प्रतिस्पर्धामा रहेका छन्। ‘विन्डो अन एसियन सिनेमा’ शीर्षक अन्तर्गत रहेको प्रतिस्पर्धामा भारत, चीन, जापान, थाइल्यान्ड, अफगानिस्तान, फिलिपिन्स लगायतका देशका फिल्महरु सहभागी रहेका छन्। प्रतिस्पर्धामा विजेता बन्ने फिल्मले दस हजार डलर बराबरको पुरस्कार प्राप्त गर्न बताइएको छ।

एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्मले फरक फरक सपना बाँचेका तीन युवाको कथामा आधारित रहेको छ। फिल्मले राजनीति द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कुरालाई प्रस्तुत गरेको छ। बुसानमा आउँदो शुक्रबार फिल्मको वर्ल्ड प्रिमियर हुँदैछ। निर्देशक नबिन सुब्बा बिहीबार फिल्मको वल्र्ड प्रिमियरका लागि कोरिया उड्दैछन्। उनले विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र फिल्मको प्रदर्शन मिति तय गर्ने जानकारी दिएका छन्।

फिल्ममा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ। राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन्। फिल्ममा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell