PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भियतनाममा बाढी पहिरोमा परी बीस जनाको मृत्यु, १२ बेपत्ता



पहिलोपोस्ट

भियतनाममा बाढी पहिरोमा परी बीस जनाको मृत्यु, १२ बेपत्ता

हनोई : भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। 

स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन्। 

भीषण वर्षाका कारण बाँधहरु भत्किएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको जनाइएको छ। 

प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले वर्षाले हजारौँको संख्यामा पशुपंक्षीसमेत मरेका जानकारी दिएको छ। 

मृत्यु भएकामध्ये आठ जना मध्य घेआन, पाँच जना उत्तरी सोन ला, चार जना उत्तरी होआ बिन्ह र तीन जना मध्य थान्ह होआ प्रान्तका छन्।

त्यसैगरी हराउनेमा थान्ह होआ, सोन ला, होआ बिन्ह, मध्य क्वाङ त्रि प्रान्त र उत्तरी येन बाइ प्रान्तका रहेको जनाइएको छ। 

मङ्गलबार र बुधबार लामो समयसम्म भएको भीषण वर्षापछि आएको बाढी पहिरोले थान्ह होआ र होआ बिन्ह प्रान्तमा रहेका जलविद्युत योजना पनि क्षतविक्षत भएका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell