PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

भोटेकोशीले बगाएर चिनियाँ नागरिक बेपत्ता



पहिलोपोस्ट

मेलम्ची : आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ। मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको हो।

स्थानीय बासिन्दासहित खोजीकार्यमा जुटेको प्रहरीले अहिलेसम्म उनलाई  फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell