
वासिङ्टन : अमेरिकी राषट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आणविक नीतिसम्बन्धी धारणलार्इ गलत समाचार बनाएर प्रकाशन भएको भन्दै विरोध गरेका छन्।
यसैगरी राष्ट्रपति ट्रम्प र उनका सहयोगीले यस्ता प्रकारका समाचार पटक पटक आएकाले सञ्चारकर्मीलार्इ सचेत हुन आग्रह गरेका छन्।
ट्रम्पले एकपछि अर्को गलत समाचार प्रकाशन गर्ने एनबीसी र यस्ता नेटवर्क च्यानलहरु र तिनीले प्राप्त गरेको लाइसेन्स नै देशको लागि चुनौती भएको बताए। यस्ता गलत समाचार सम्प्रेषण गर्ने मिडिया देशका लागि घातक हुन्, भन्दै यी मिडियाको लाइसेन्स रद्द गर्नुपर्ने ट्विटसमेत गरेका छन्।
राष्ट्रपति ट्रम्पले एनबीसी मिडियाले भनेको जस्तै आफूले आणविक हतियार बढाउने नभनेको पनि स्पष्ट पारेका छन्।
उता एनबीसी मिडियाका रिपोर्टरले राष्ट्रपति ट्रम्पले करिब दश ठाउँमा आणविक हतियारको विकास गर्ने विषयमा जोड दिएको बताएका छन्।---- पीटीअार्इ