PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फिल्म ‘कहीँ कतै’को ट्रेलर रिलिज, सिक्किममा हुनेछ प्रिमियर



पहिलोपोस्ट

फिल्म ‘कहीँ कतै’को ट्रेलर रिलिज, सिक्किममा हुनेछ प्रिमियर

काठमाडौं: सविर श्रेष्ठ निर्देशित फिल्म ‘कहीँ कतै’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरसँगै फिल्मको प्रिमियर मिति पनि घोषणा गरियो। फिल्म नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा विश्व प्रिमियर हुने बताइएको छ।

रोमान्टिक फेमिली ड्रामामा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायतको अभिनय रहेको छ। कहिं कतैको नेपाल रिलिज डेट भने तय भएको छैन। नेपाल र सिक्किममा छायांकन गरिएको फिल्ममार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन्।

तन्नेरी प्रेमलाई कसरी अभिभावकको विगतले प्रभाव पार्छ भन्ने चित्रण ट्रेलरले गरेको छ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन्। डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell