PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

चिकित्सा विधेयकमा सहमति जुटाउन सभामुखले थालिन् परामर्श



पहिलोपोस्ट

चिकित्सा विधेयकमा सहमति जुटाउन सभामुखले थालिन् परामर्श

काठमाडौं :  चिकित्सा शिक्षा विधेयकमा सहमतिका लागि सभामुख ओनसरी घर्तीले परामर्श थालेकी छन्। 

सभामुख घर्तीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुन मन्त्री यज्ञबहादुर थापालगायतलाई बोलाएर विधेयकमा सहमतिका लागि परामर्श थालेकी हुन्।

सभामुखको कार्यकक्षमा भइरहेको छलफलमा पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मा, कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका नेता राजेन्द्र पाण्डेलगायत सहभागी छन्।

माथेमा प्रतिवेदनका आधारमा विधेयक पारित गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell