PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

युरो २०२० अघि युइएफए नेशन्स लिग हुने, ५५ राष्ट्रलाई चार श्रेणीमा खेलाइने



पहिलोपोस्ट

युरो २०२० अघि युइएफए नेशन्स लिग हुने, ५५ राष्ट्रलाई चार श्रेणीमा खेलाइने

युरोपेली फुटबल महासंघ (युइएफए)ले युरोपका राष्ट्रिय फुटबल टिमको स्तर सुधार गर्न र अझै प्रतिस्पर्धात्मक बनाउका लागि भन्दै नयाँ संरचनाको युइएफए नेशन्स लिग गर्ने भएको छ।

सन् २०२० को युरोकप शुरु हुनुअघि यस नेशन्स लिगमा युरोपका कूल ५५ सदस्य राष्ट्रलाई चार श्रेणीमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ। जसमा रेलिगेशन र प्रमोशनको सिस्टसमेत रहेको छ।

पहिलो श्रेणी अर्थात ए सँगै बी श्रेणीको लिगमा १२-१२ राष्ट्र छन्। यस्तै सी श्रेणीमा १५ तथा डी श्रेणीमा १६ राष्ट्र रहनेछन्।

विश्वकपमा छनोट हुन नसकेको वेल्स ए श्रेणीमा पर्न असफल हुँदा विश्वकपमै नछानिएको नेदरल्याण्ड्स भने पहिलो श्रेणीमै छ। यस्तै पहिलो पटक विश्वकपमा छनोट भएको आइसल्याण्ड ए श्रेणीमा रहेको छ।

युईएफए नेशन्स लिग सन् २०१८ को सेप्टेम्वरमा शुरु हुनेछ। ए र बी श्रेणीमा तीन टोलीको चार समूह हुनेछ भने सी मा चार टोलीको तीन समूह तथा तीन टोलिको एक समूह हुनेछ। यस्तै डी मा चार टोलीको चार समूह हुनेछ।

प्रत्येक श्रेणीको समूहमा शीर्ष स्थानमा पुग्ने टोलीबीच सेमिफाइनल र फाइनल खेल हुनेछ।

प्रत्येक श्रणीको शीर्ष चार टोलीले प्रमोशन पाउनेछ भने समूहको पुछारमा रहने टोलीहरु रेलिगेट हुनेछन्।

नेशन्स लिगको लागि पहिलो चरणको ड्र अर्को वर्ष जनवरी १८ मा स्वीट्जरल्याण्डमा हुनेछ।

२०१८ कै सेप्टेम्वर, अक्टोबर र नोभेम्बरमा लिगका खेलहरु हुनेछन्। त्यसपछि सेमिफाइनल र फाइनलका लागि २०१८ को डिसेम्बरमा अर्को ड्र हुनेछ। उक्त खेलहरु २०१९ को जुनमा सञ्चालन हुनेछ।

नेशन्स लिगको हरेक लिगका समूहमा शीर्ष स्थानमा रहने कूल १६ टोलीबीच सन् २०२० को युरोको अन्तिम चार स्थानको लागि प्लेअफ खेल हुनेछ।

यदि उक्त टोली युरो छनोटअन्तर्गत समूहविजेता वा उपविजेता बन्दै पहिल्यै छनोट भइसकेको खण्डमा भने समूहको अर्को उत्कृष्ट टोलीले मौका पाउनेछ।

सन् २०२० को युरोकपका लागि कूल १० समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ र हरेक समूहका विजेता र उपविजेता युरोकपका लागि छनोट हुनेछन्।

कुन लिगमा कुन कुन राष्ट्र?

लिग ए : जर्मनी, पोर्चुगल, बेल्जियम, स्पेन, फ्रन्स, इंगल्याण्ड, स्वीट्जरल्याण्ड, इटली, पोल्याण्ड, आइसल्याण्ड, क्रोएसिया, नेदरल्याण्ड्स

लिग बी : अष्ट्रिया, वेल्स, रसिया, स्लोभाकिया, स्वीडेन, युक्रेन, आयरल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना, उत्तरी आयरल्याण्ड, डेनमार्क, चेक रिपव्लिक, टर्की

लिग सी : हंगेरी, रोमानिया, स्कटल्याण्ड, स्लोभेनिया, ग्रीस, सर्विया, अल्वानिया, नर्वे, मोन्ट्रेनग्रो, इजरायल, बुल्गेरिया, फिनल्याण्ड, साइप्रस, इस्टोनिया, लिथुअनिया

लिग डी : अजरवैजान, मेसोडोनिया, बेलारुस, जर्जिया, अर्मेनिया, लात्भिया, फारोई आइल्याण्ड, लक्जेमवर्ग, कजाअस्तान, मोल्डोभो, लिचेन्सटाइन, माल्टा, एन्डोरव, कोसोभो, सानमारिनो, जिब्राल्टर

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell