PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बैतडीबाट राप्रपाले गर्‍यो लोकेन्द्रबहादुर चन्दलाई उम्मेदवार सिफारिस



पहिलोपोस्ट

बैतडीबाट राप्रपाले गर्‍यो लोकेन्द्रबहादुर चन्दलाई उम्मेदवार सिफारिस

बैतडी : बैतडीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ।

सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायीबासिन्दा चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए।

पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका लागि सिफारिस गरिएको छ। 
यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधि सभाको प्रत्यक्षका लागि सिफारिस गरेको छ। 

प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिस भएको छ। 

क्षेत्र नं २ बाट समानुपातिकतर्फ चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिस गरिएको छ। 

दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारि गरिने राप्रपा बैतडीले जनाएको छ। 

प्रदेश सभाका लागि दुई र प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता छन्। 

जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुनेछ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell