PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

क्यालिफोर्नियाको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो, आगलागी अझै नियन्त्रणमा आएन



पहिलोपोस्ट

क्यालिफोर्नियाको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो, आगलागी अझै नियन्त्रणमा आएन
फोटो श्रोतः latimes.com

सान फ्रान्सिस्को :  अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ। 

जङ्गलमा लागेको डढेलो बस्तीमा छिरेको थियो। आइतबार रातिदेखि लागेको डढेलोमा परी कैयौँ व्यक्ति हराइरहेका बताइएको छ। तर डढेलो अझै पनि नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन्। 

क्यालिफोर्निया राज्यको ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो सल्किएको छ। अहिले पनि यसको पूर्ण रुपमा नियन्त्रण हुन सकिरहेको छैन। करिब २०० अग्नि नियन्त्रकले आगो निभाउने काम गरिरहेका बताइएको छ। 

राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ। काउन्टीमामात्र १७ जनाको ज्यान गएको छ। डढेलोका कारण प्रभावित भएका कम्तीमा पनि २५ हजारलाई त्यहाँबाट अन्यत्रै सारिएको छ। 

हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन्। कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ। 

करिब पाँच हजार जनालाई शिविर बनाएर राखिएको छ।  शिविरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ। 

पछिल्लो जानाकारी अनुसार अहिलेसम्ममा तीन हजार ५०० भन्दा बढी घर खरानी भएका छन्। अरु पनि स्थानीय नागरिकका आधारभूत संरचनाहरु डढेर खरानी भएका छन्। 

करिब २०० वटा अग्निनियन्त्रक र सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell