
ढाका : बङ्गलादेश छिरेका म्यान्माली शरणार्थीलाई यहाँ जेलमा जस्तै राखिएको अधिकारवादीले बताएका छन्।
उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ भने तोकिएको स्थानबाहेक अन्यत्र हिँडडुल गर्न पनि दिइएको छैन।
त्यसैगरी उनीहरुलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनिएको छ।
बङ्गलादेशमा रहेका करिब पाँच लाख रोहिङ्गा शरणार्थीलाई मोबाइल सेवा दिएमा दूर सञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ।
उनीहरुका लागि आवश्यक खानेपानीका साथै अरु आधारभूत सेवाको प्रबन्ध पनि गर्न नसकिएको अधिकारीहरुले जनाएका छन्।
शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।रासस/एएफ्पी