
काठमाडौं : चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने सभामुख ओनसरी घर्तीको प्रयास असफल भएको छ।
नेपाली कांग्रेसले राखेको प्रस्तावमा सभामुख घर्तीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुन मन्त्री यज्ञबहादुर थापालगायतलाई बोलाएर विधेयकमा सहमतिका लागि परामर्श गरेकी थिइन्।
तर एमाले सांसदले विधेयक पास गर्न सहमति नदिएपछि बैठक बिना निष्कर्ष टुंगिएको कानुनमन्त्री थापाले जानकारी दिए।
छलफलमा पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मा, कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका नेता राजेन्द्र पाण्डेलगायत सहभागी थिए।
माथेमा प्रतिवेदनका आधारमा विधेयक पारित गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहेका छन्।
आजकाे संसद बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने बताइएकाे छ। तर, एमालेको सहमति बिना संसदबाट चिकित्सा शिक्षा विधेयक पास हुने देखिदैन।