PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

गौचन हत्या : मोटरसाइकलको नम्बर र रङ पहिचान, सुटरको स्केच तयार



सविन ढकाल

गौचन हत्या : मोटरसाइकलको नम्बर र रङ पहिचान, सुटरको स्केच तयार

काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको तेस्रो दिन भइसक्दा पनि प्रहरीले हत्या कसले गरेको हो भन्ने बारे केही पत्ता लगाउन सकेको छैन। तर घटनाबारे अनुसन्धान गर्न बनेको समितिका संयोजक डिआइजी गणेश केसी घटनामा संलग्न केही व्यक्तिको पहिचान गर्ने काम भइरहेको बताउँछन्।
 
उनले भने, 'अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै अपराधी सार्वजनिक र्ने प्रहरी सफल हुन्छ।'

 गौचनको हत्यामा प्रयोग भएको मोटरसाइकलको नम्बर पहिचान गर्न प्रहरी सफल भएको छ। 

सोमबार दिउँसो गौचनलाई गोली हान्न दुई युवकले रातो रंगको पल्सर मोटरसाइकल प्रयोग गरेको अनुन्धानमा देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए।

घटनास्थलभन्दा करिब २ सय मिटर नै पर मोटरसाइकल रोकी गोली हानी उनीहरु पैदलै मोटरसाइकल भएको स्थानसम्म पुगी मोटरसाइकल चढी भागेका थिए। 

प्रहरीले बाइकको नम्बर प्लेटको आधारमा मोटरसाइकल धनीको खोजी गर्दैछ। डिआइजी केसीले भने, 'मोटरसाइकल पत्ता लागे पनि सही धनी को हो भन्ने खोज्दैछौं। बाइक चोरीको र नम्बर प्लेट पनि नक्कली राखेको हुन सक्ने हुनाले त्यो कोणबाट पनि अनुसन्धा न भइरहेको छ।‘

 गत पुस ४ गते मनोज पुन समूहले रुपन्देही युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग गरेको बा ५१ प ८०७३ नम्वरको रातो १५० सिसीको पल्सर बाइक चोरीको र नक्कली नम्बर प्लेट भएको फेला पारेको थियो। 

घटनामा संलग्नको स्केच तयार

प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरीले केही मानिसको स्केच पनि तयार पारेको छ। डिआइजी केसीले भने 'केही व्यक्तिको स्केच तयार पारेका छौं।'

स्केचको आधारमा थप अनुसन्धान गर्न सहयोग पुग्ने उनले बताए। आर्थिक लेनदेनकै कारण हत्या भएको हुनसक्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell