PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्छः पशुपतिशम्शेर राणा



पहिलोपोस्ट

माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्छः पशुपतिशम्शेर राणा

भक्तपुर :  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन्। 

रफत सञ्चार क्लबको साक्षात्कारमा अध्यक्ष राणाले माओवादीले आफू सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हुने बताए। 

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताए। 

उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई/चार दिनमै पार्टी एकता हुने बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell