PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

सरकारसँग वार्ता गर्न गोविन्द केसीद्वारा ५१ सदस्यीय वार्ता टोली गठन



पहिलोपोस्ट

सरकारसँग वार्ता गर्न गोविन्द केसीद्वारा ५१ सदस्यीय वार्ता टोली गठन

काठमाडौं :  चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डाक्टर गोविन्द केसीले सरकारसँग वार्ता गर्न ५१ सदस्यीय वार्ता टोली गठन गरेका छन्। 

सरकारकातर्फबाट सचिवस्तरीय तीन जनाको वार्ता टोली गठन गरेलगत्तै केसीले ५१ सदस्यीय वार्ता टोली गठन गरेका हुन्।

केसीकातर्फबाट वार्ता टोलीमा चिकित्सक र युवाहरु छन्।केसीले आफ्ना माग समर्थन गर्ने सबै  नेपालीको साथ लिएर  सरकारसँग वार्ता गर्नुपर्ने बताएका छन्। 

पहिलो चरणमा ५१ सदस्यीय वार्ता टोली भए पनि दोस्रो चरणमा सवै जिल्लाकाे प्रतिनिधित्व हुने गरि वार्ता टोली विस्तार गर्ने केसीले बताएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell