PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने



पहिलोपोस्ट

मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने

धनगढी : महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेका ‘मनिराज वाङ्मय पुरस्कार‘ राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ। 

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली) का अध्यक्ष पदमराज जोशीले आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रकविलाई उहाँको जन्मशताब्दीको पूर्व सन्ध्यामा पुरस्कार प्रदान गर्ने निर्णयले गौरवको अनुभूति भएको बताए। 

प्रा डा रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसअनुसार राष्ट्रकविलाई एक लाख रुपैया राशिको पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

गतवर्ष प्रतिष्ठानको संयोजनमा महाकाव्यकार जोशीका छोरा गोविन्दराजबाट १० लाख रुपैयाँको अक्षयकोष खडा गरी हरेक वर्ष एक लाख राशिको पुरस्कार दिने निर्णय गरिएको थियो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell