PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पाकिस्तानद्वारा बाढीपीडितलाई १० लाख अमेरिकी डलर सहयोगको घोषणा



पहिलोपोस्ट

पाकिस्तानद्वारा बाढीपीडितलाई १० लाख अमेरिकी डलर सहयोगको घोषणा

काठमाडौँ : पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। 

काठमाडौँस्थित पाकिस्तानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा बाढीपीडितको सहयोगका लागि सहयोग प्रदान गरिएको जनाइएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाको क्रममा संयुक्त राज्य अमेरिकामा भेटवार्ता गर्दा बाढीबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका थिए। 

विज्ञप्तिमा दुई देशका सरकार र जनताका बीच सुमधुर र मैत्री सम्बन्ध रहेको र जस्तोसुकै कठिनाइको अवस्थामा पनि एकापसमा सहयोग र सदभाव रहिरहने उल्लेख गरिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell