PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा परीक्षण सुरु



पहिलोपोस्ट

मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा परीक्षण सुरु

काठमाडौँ : मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका तीन कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ। 

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किलोमिटर सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ। 

चैतसम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए। 

केन्द्रका आठ प्रशोधन केन्द्रमध्ये हालसम्म तीन केन्द्र परीक्षणमा सफल भएको छ। मेलम्चीको पानी आउन सुरुङको काम डेढ किलोमिटर बाँकी भएकाले वागमतीको पानी लगी परीक्षण गरिएको हो।

दैनिक सात करोड लिटर वाग्मतीको पानी केन्द्रमा लगेर परीक्षण भइरहेको समितिले जनाएको छ। वाग्मतीको पानी परीक्षणपछि पुरानै सञ्जालबाट उपत्यकामा वितरण भइरहेको छ। 

एसियाली विकास बैंकको सहयोगमा अर्को प्रशोधन केन्द्र निर्माणको काम पनि शुरु भएको कार्यकारी निर्देशक देवकोटाले बताए। यो प्रशोधन केन्द्र नेपालकै ठूलो र अत्याधुनिक भएको उनले बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell