PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बस दुर्घटनामा ६ जना घाइते



पहिलोपोस्ट

बस दुर्घटनामा ६ जना घाइते

पोखरा : पोखरा-बागलुङ राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहीबार भएको बस दुर्घटनामा छ जना घाइते भएका छन्।

बागलुङबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ८९३६ नम्बरको बस सडकबाट लगभग १० मिटर तल खस्दा यात्रा गर्ने २३ जनामध्ये छ जना घाइते भएको नेपाल प्रहरी प्रदेश नं ४ कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

बस दुर्घटनामा घाइते हुनेमा पर्सा जिल्ला रानिघाटका ४१ वर्षीया बट्टु शाह, पर्वत कुष्मा नपाका–४ का २६ वर्षीया सोनी गुरुङ, सोहीस्थानका ३२ वर्षीया विक्रम गुरुङ, अन्नपूर्ण गाउँपालिका–६ का २८ वर्षीया सम्झना विक, कुष्मा नगरपालिका– ५ का २८ वर्षीया रामु परियार र रौतहट भवानीपुर–९ का ५० वर्षीया विन्देश्वर साह रौनियार रहेका छन्।

घाइतेको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ। बस रुखमा अड्किएका कारण ठूलो जनधनको क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell