PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

अन्नपूर्ण आधार शिविरमा प्रथम हिमाल आरोही हर्जोगको शालिक शिलान्यास



नरहरि पौड्याल

अन्नपूर्ण आधार शिविरमा प्रथम हिमाल आरोही हर्जोगको शालिक शिलान्यास

पोखरा :  अन्नपूर्ण हिमालको आधार शिविरमा विश्वकै प्रथम हिमाल आरोही मोरिस हर्जोगको शालिक शिलान्यास गरिएको छ। 

आरोहणको ६७ वर्षपछि अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हर्जोगको शालिक शिलान्यास गरिएको हो। 

व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले आरोही हर्जोगको शालिक शिलान्यास गदै महोत्सवको उद्घाटन गरेका हुन्।
 
तीन चरणमा सम्पन्न हुने महोत्सवका कार्यक्रम अन्तर्गत पहिलो चरणमा बुधबार आधार शिविरमा शालिक शिलान्याससहित विभिन्न कार्यक्रम गरिएको छ।

सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहण सुरु भएको थियो।  

कार्यक्रममा समितिका सभापति अधिकारीले विश्वमै सबैको चासो र चर्चा हुने अन्नपूर्ण जस्ता हिमश्रृङ्खला र अन्य पर्यटकीय सम्पदा नेपालमा रहेर पनि त्यसको उपयोग गर्न नसकेको बताए।अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटर रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell