PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भरतपुर आँखा अस्पतालमा आँखाका नानी संकलन केन्द्र स्थापना गरिने, पाठक दम्पत्तिले दिए डेढ करोड



राजेन्द्र आचार्य

भरतपुर आँखा अस्पतालमा आँखाका नानी संकलन केन्द्र स्थापना गरिने, पाठक दम्पत्तिले दिए डेढ करोड

चितवन : चितवनको भरतपुर आँखा अस्पतालमा आँखाको नानी संकलन केन्द्र स्थापना गरिने भएको छ। नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले यसै साताबाट नानी संकलन केन्द्र सञ्चालन गर्न लागेको हो।

समाजसेवी भीमराज पाठकले दम्पतीको नाममा रहने गरी संकलन केन्द्र स्थापनार्थ डेढ करोड रुपैयाँ सहयोग गर्ने भएपछि संघको लामो समयदेखिको सपना साकार हुने भएको हो।

बृद्धाश्रम बनाउने सोच राखेका समाजसेवी पाठकले आँखाको ज्योति दिने जस्तो पूण्य काम अरु हुन नसक्ने भन्दै सहयोग गर्ने निर्णय गरेको बताए।

काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा रहेको नेपाल आँखा बैंकमा यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको अस्पताल सञ्चालक समितिका अध्यक्ष चीजकुमार मास्केले जानकारी दिए। 

आँखा संकलन केन्द्र सञ्चालन पूर्व नै भरतपुर आँखा अस्पतालमा नानीको  प्रत्यारोपण सुरु गरिसकिएको छ।

नानी प्रत्यारोपणका लागि अस्पतालमै कार्यरत  डाक्टर पुष्पा गिरी भारतको तमिलनाडुस्थित अरविन्द आँखा अस्पतालबाट थप अध्ययन गरेर आइसकेकी छिन्। 

त्यस्तै, अर्का एक प्राविधिक काशीराम बास्कोटाले  तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्ने सम्बन्धी तालिम लिएर आएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell