
काठमाडौँ: संसद् सचिवालयले चिकित्सा शिक्षा विधेयकलाई दैनिक कार्यसूचीको सम्भावित सूचीमा राखेको छ। संसद्को कार्यकालको अन्तिम दिन पनि चिकित्सा विधेयक पारित गर्नेमा दलीय सहमति बनेको छैन। आजको बैठकले विधेयक पारित नगरेमा विधेयक पारित हुने सम्भावना छैन।
विधेयक सम्भावित कार्यसूचीमा प्रकाशित भएपछि राजनीतिक परामर्शका लागि सभामुख ओनसरी घर्तीले शीर्ष नेताको बैठक बोलाएकी छन्। दिउँसो २ः३० बजे शीर्ष नेताबीच चिकित्सा शिक्षा र राष्ट्रिय सभा निर्वाचन विधेयकबारे छलफल हुँदैछ।
विधेयक परिमार्जनसहित पारितका लागि डा. गोविन्द केसी अनशनमा छन्। तर, दलहरुबीच संसदीय समितिले तयार पारेअनुसार विधेयक पारित गर्ने वा परिमार्जन गर्ने भन्नेमा सहमति भएको छैन।
एमाले र माओवादी समितिको प्रतिवेदन अनुसार विधेयक पारितको पक्षमा छन्। सरकारले भने विधेयक परिमार्जन गरी पारित गर्ने पक्षमा संशोधन दर्ता गरिसकेको छ। कांग्रेस संशोधित विधेयकको पक्षमा छ।