PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

भिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने



पहिलोपोस्ट

भिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने
फाेटाे श्राेतःrt.com

अङ्कारा : अमेरिका र टर्कीबीचको भिषा सम्बन्धी विवाद अन्त्य गर्न दुई देशका बीचमा छलफल हुने भएको छ। 

टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले दुवै देशका अधिकारीबीच चाडै नै वार्ता हुन लागेको जानकारी दिए। 

एक टेलिभिजन अन्तर्वार्तामा उनले भने,‘दुई देशका प्रतिनिधिहरुका बीचमा हुने छलफलबाट यो समस्या समाधान गर्न र आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न सक्नेगरी निर्णय हुन्छ भन्ने अपेक्षा गरिएको छ।’

गत आइतबार अङ्करामा रहेको अमेरिकी दूताबासले टर्कीलाई कुनै पनि कुटनीतिक सेवा नदिने घोषणा गरेको थियो। 

अमेरिकाको घोषणापछि प्रतिक्रिया स्वरुप टर्कीको दूताबासले पनि आफ्नो देशमा आवतजावत बन्द गरिदिएको छ। अमेरिकाले आवतजावतमा अवरोध गर्नुको पछाडि सुरक्षा कारण देखाएको छ।

गत सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप इर्डोगानले अमेरिकी निर्णयको भत्सर्ना गरेका थिए। उनले अमेरिकाले अनावश्यक दुःख दिने काम गरेकाले टर्कीले पनि स्वभाविक प्रतिक्रिया स्वरुप प्रतिवाद गरेको स्पष्ट पारे। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell