PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

शान्ति सुरक्षामा कुनै पनि सम्झौता हुँदैनः गृहमन्त्री



पहिलोपोस्ट

शान्ति सुरक्षामा कुनै पनि सम्झौता हुँदैनः गृहमन्त्री

काठमाडौं :  गृहमन्त्री जनार्दन शर्माले जनताको सुरक्षामा प्रहरी र सरकारले कुनै पनि सम्झाैता नगर्ने बताएका छन्।

६२‍औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सदैव जनताको सुरक्षामा नै खटिने भएकाले शान्ति सुरक्षामा सम्झौता नहुने बताए।

गृहमन्त्री शर्माले भने,‘प्रहरीको सुरक्षामा जनताको बाँच्न पाउने अधिकार गाँसिएकाले कुनै पनि बिषयमा सम्झाैता हुँदैन।’

उनले प्रहरी संगठन ऐन, नियम र प्रणाली अनुसार संचालन हुनुपर्ने भएकाले कसैले संगठनलाई व्यक्तिगत दवाव दिन नमिल्ने र दवावमा चल्न नहुने बताए। उनले भने,‘नेपाल प्रहरी राजनीति मुक्त संगठन हुनपर्छ।’

नेपाल प्रहरीले सीमित स्रोत र साधनक बावजुद पनि देशमा शान्ति सुरक्षा र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएकोमा सम्पूर्ण प्रहरीलाई वधाइ तथा शुभकामना दिएका थिए। 

प्रहरी संगठनले हरेक वर्ष प्रदान गर्दै आएको लाइफ टाइमएचिभमेन्ट अवार्ड यसवर्ष भने पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई प्रदान गरिएको थियो।

कार्यक्रममा २५ जना वीर प्रहरीका परिवारलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell