PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

टेष्ट र वान डे लिग हुने, डब्लुसिएलको विजेताले वान डे लिग खेल्न पाउने



पहिलोपोस्ट

टेष्ट र वान डे लिग हुने, डब्लुसिएलको विजेताले वान डे लिग खेल्न पाउने
फोटो : आइसीसी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले ९ राष्ट्रको टेष्ट  र १३ राष्ट्रको वान डे लिग खेल्न पाउने निर्णयलाई पारित गरेको छ।

अकल्याण्डमा बसेको आइसीसीको बोर्ड बैठकले विश्व क्रिकेटमा यो नयाँ संरचना लागू गर्ने निर्णय गरेको हो।

आइसीसीको शीर्ष ९ राष्ट्र सम्मिलित टेष्ट लिग २०१९ मा शुरु हुनेछ, भने १३ राष्ट्रको वान डे लिग २०२० मा हुनेछ। जसमा आइसीसीको वान डे वरीयतामा रहेका १२ टिम सिधै छनोट हुनेछन्। अहिले भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको विजेता राष्ट्रले पनि वान डे लिगमा खेल्न पाउनेछन्।

नयाँ टेष्ट राष्ट्रको मान्याता पाएको आइरल्याण्ड र अफगानिस्तान तथा जिम्वावेले भने टेष्ट लिग खेल्ने छैन।

२०१९ मा शुरु हुने टेष्ट च्याम्पियनसिपमा हरेक राष्ट्रले कम्तीमा दुर्इ र बढीमा सिरिज खेल्नेछन्।

वर्ल्ड टेष्ट च्याम्पियनसिप लिग फाइनल २०२१ जुनमा हुने भने पनि कहाँ हुने आइसीसीले निर्णय गरिसकेको छैन।

यस्तै २०१० मेमा शुरु हुने वान डे लिगमा १३ राष्ट्र हुनेछ। प्रत्येक टिमले ४ होम र ४ सिरिज खेल्नेछन्। जसमा ३ वान डे म्याच समावेश गरिएको हुन्छ।

वान डे लिग सन् २०२३ मा भारतमा हुने वान डे वर्ल्ड कपको लागि डाइरेक्ट क्वालिफायर हुने पनि आइसीसीले जनाएको छ।

टेष्ट र वान डे लिगको केही निर्णयहरु घोषणा हुन बाँकी रहेको आइसीसीका चिफ एक्जुकेटिभ डेभ रिचर्डसनले जनाएका छन्।

यस्तै आइसीको अकल्याण्डमा बसेको बवर्ड बैठकले अन्य निर्णय पनि गरेका छन्। आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर सन् २०१८ मार्च  मा जिम्वावेमा हुनेछ भने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ६ नामिवियामा २०१८ फ्रेब्रुअरीमा हुनेछ।

यस्तै आइसीसी वुमन्स वर्ल्ड टी-२० क्वालिफायर २०१८ मा नेदरल्याण्ड्समा हुनेछ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell