PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

चीन बन्यो सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश



पहिलोपोस्ट

चीन बन्यो सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

तियानजीन : अमेरिकालाई समेत पछि पार्दै चीन विश्वकै सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ। 

उत्तरी चीनको तियानजीन सहरमा चलेको औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
 
गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन्।
 
उनले गत वर्ष चीनले अमेरिकाभन्दा धेरै आइसक्रिम उत्पादन गरेको दाबी गरेका छन्।
 
बीस वर्षअगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ। 

“अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,” उद्योगीहरूको एसोसिएसनका निर्देशक झु निअन्लीनले भन्नुभयो । यस वर्ष मात्रै चीनले चार सय ओटा आइसक्रिम प्रदर्शनी संचालन गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell