PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

१९५ रनको लक्ष्य पछ्याउँदै नेपाल, लाइभ हेर्नुस्



पहिलोपोस्ट

१९५ रनको लक्ष्य पछ्याउँदै नेपाल, लाइभ हेर्नुस्

काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा नेपालले आज हङकङसँग उसैको मैदानमा खेलिरहेको छ।

हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले ४ विकेट गुमाइसकेको छ। नेपालका ओपनरद्वय सागर पुन (३) र ज्ञानेन्द्र मल्ल (२१),  दीपेन्द्र सिंह ऐरी (३)  तथा कप्तान पारस खड्का (२६) आउट भएका हुन्।

हङकङका लागि अइजजज खानले ३ तथा तनविर अफजलले १ विकेट लिएका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली हङकङले ५० ओभरमा १० विकेट गुमाएर १९४ रन बनाएको थियो। 

नेपाल र हङकङबीचको खेल लाइभ हेर्नुस्
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell