काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सक्षम रहने विश्वास व्यक्त गरेका छन्।
६२ औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहमा सम्पन्न निर्वाचनमा सुरक्षा प्रदान गर्न सफल नेपाल प्रहरी आगामी निर्वाचनमा पनि सक्षम हुने बताए।
प्रधानमन्त्री देउवाले भने,‘आसन्न निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सक्षम रहेको छ।’सीमित श्रोत र साधनको बावजुद पनि उल्लेखनीय काम गरेकोमा प्रधानमन्त्री देउवाले नेपाल प्रहरीको प्रशंसा गरेका थिए।