PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेपाल १११ रनमा अलआउट, हङकङ ८३ रनले विजयी



पहिलोपोस्ट

नेपाल १११ रनमा अलआउट, हङकङ ८३ रनले विजयी

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसंग पराजित भएको छ। छैटौँ चरणको पहिलो खेलमा नेपाललाई हङकङले ८३ रनले पराजित गरेको हो।

नियमित अन्तरमा विकेट गुमाउँदा नेपालले १९५ रनको सामान्य लक्ष्य पनि पूरा गर्न असफल रह्यो।

१९५ रनको लक्ष्य पछ्याएको नेपाल ३४.५ ओभरमा १११ रनमै अलआउट भयो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए। यस्तै आरिफ शेखले २३ तथा ओपनर ज्ञानेन्द्र मल्लले २१ रन जोडे। विनोद भण्डारीले १८, सोमपाल कामीले ११ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपाललाई कम स्कोर रोक्न र हङकङको स्कोर डिफेण्ड गर्न एसन खानले ५ तथा अइजज खान ३ विकेट लिए।

हङकङको टिन कोङ मिसन रिक्रिएसन रोडमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेर हङकङलाई १९४ रनमै रोकेको थियो।

हङकङका लागि ओपनर जेमी एटकिन्सनले सर्वाधिक ७६ रन बनाए भने तनविर अफजलले ३८ तथा कप्तान बाबर हायतले २९ रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ तथा करण केसी र बसन्त रेग्मीले २-२ विकेट लिए।

हारपछि च्याम्पियनसिपको शीर्ष चार स्थानमा पर्ने नेपालको लक्ष्यमा ठूलो झड्का लागेको छ। नेपालल दोस्रो खेलमा हङकङलाई हराएर अन्तिम चरणमा युएईलाई दुवै खेलमा हराएपनि शीर्ष चारमा अटाउन अन्य खेलहरुको नतिजा कुर्नुपर्नेछ र त्यो नेपाल अनुकुल हुनु आवश्यक छ।

नेपालको पक्षमा नतिजा आउन नेपालले हङकङसहित बाँकी खेल जित्नुपर्नेछ नै अन्य खेलमा स्कटल्याण्डले केन्यालाई दुवै खेलमा हराउनुपर्नेछ यस्तै हङकङ पनि दुवै खेलमा पपुवा न्यूगिनिसंग पराजित हुनुपर्नेछ।

उता हङकङ भने नेपाललाई हराएपछि ११ खेलबाट १३ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। नेपालको ११ खेलबाट ८ अंक मात्र छ र छैटौँ स्थानमा यथावत छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell