PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

संसदमा भोलि अन्तिम भोज



रमेश वाग्ले

संसदमा भोलि अन्तिम भोज

काठमाडौं : संसदले अन्तिम काम कारवाही आजै टुंग्याउने भएको छ। आजको बैठकबाट औपचारिक काम-कारवाही टुंग्याएर भोलिका लागि विशेष बैठक डाकिएको छ। 

सभामुख ओनसरी घर्तीले आजैको बैठकमा संसदको औपचारिक काम कारवही अन्त्य भएको घोषणा गरी भोलि विशेष बैठक बोलाउन लागेकी हुन्। भोलिको बैठकको कार्यतालिका समेत तय भइसकेको छ। 

दिउँसो २ बजे सांसदहरुले अन्तिम फोटो खिचाएर बिदा लिने छन्। भोलिको बैठकमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका नेतालाई सम्बोधनको कार्यसूची बनाएकी छन् भने आफूले सम्बोधन गरेर संसदको अन्त्य घोषणा गर्नेछिन्। 

'शनिबारको विशेष बैठकमा प्रमुख तीन दलका नेताले सम्बोधन गर्ने र अन्त्यमा सभामुखले सम्बोधन गरेर यो संसदको अन्य भएको घोषणा गर्ने कार्यसूची छ,' सभामुखका प्रेस सल्लाहका बबिन शर्माले भने, 'सामूहिक फोटो खिचाएर सांसदहरुलाई विदाई गरिने छ।' सभामुखले भोलि साँझ संसद भवन नयाँ बानेश्वरमा 'डिनर पार्टी' गरेकी छन्। 

त्यससँगै शनिबार राती १२ बजेपछि यो संसदको आयु समाप्त हुनेछ। सांसदहरु पूर्वसांसदमा परिणत हुने छन्। संसदका सभामुख बाहेक ५ सय ९२ सांसदहरु छन्। २०७० साल माघ ७ गतेको पहिलो बैठकबाट चार वर्षको आयु रहेको संविधानसभा २०७२ असोज ३ गतेपछि संसदमा रुपान्तरित भएको थियो। 

संविधानत यो संसदको आयु आगामी माघ ७ गतेसम्म रहे पनि संविधानकै व्यवस्था अनुसार त्यस अगावै निर्वाचन भएमा मनोनयन दर्ता हुनु एक दिनअघि संसदको अवधी समाप्त हुने उल्लेख छ। त्यही व्यवस्था अनुसार यही २९ गते समानुपातिकतर्फका सांसदका उम्मेदवारको मनोनय दर्ता हुने एक दिन अघि संसदको अन्त्य घोषणा हुन लागेको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell