PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सुनसरीमा राप्रपाले प्रत्यक्षतर्फ उम्मेदवारी नदिने, समानुपातिक उम्मेदवारको नाम केन्द्रमा सिफारिश



पहिलोपोस्ट

सुनसरीमा राप्रपाले प्रत्यक्षतर्फ उम्मेदवारी नदिने, समानुपातिक उम्मेदवारको नाम केन्द्रमा सिफारिश

इनरुवा : सुनसरीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ मात्र उम्मेदवार उठाउने भएकाे छ। 

केन्द्रमा लोकतान्त्रिक गठबन्धनको कुरा चलिरहेका कारण सुनसरीमा समानुपातिकतर्फको मात्र उम्मेदवारको नाम सिफारिश गरिएको छ। 

राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष डम्बरबहादुर घिमिरे र क्षेत्र नं ३ बाट चन्दनकुमार चौधरीको नाम केन्द्रमा सिफारिश गरेको छ। 

त्यसैगरी, प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ क्षेत्र नं २ (क) मा सावित्री विश्वकर्मा, २ (ख) मा महेशकुमार यादव, क्षेत्र नं– ४ (क) मा भरतराज भट्टराई, र ४(ख) मा मोजम्मिल अहमदको नाम सिफारिश गरिएको पार्टीले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell