PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरु निर्वाचन आयोगमा



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरु निर्वाचन आयोगमा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्। संसदको म्याद सकिनु एक दिन तथा समानुपातिक तर्फको मनोनयन दर्ताको दुई दिन अघि शीर्ष नेताहरु आयोग पुगेका हुन्।

आयोगले आसन्न निर्वाचनलाई धाँधलीरहित र सहज रुपमा सम्पन्न गर्नका लागि डाकेको बैठकमा सहभागी हुन नेताहरु आयोग पुगेका हुन्। निर्वाचन आचार संहिता तथा निर्वाचनका अन्य विषयमा आयोगमा छलफल हुने कार्यक्रम छ। दलका नेताहरुले आयोगमा उपस्थित भएर जारी हुने निर्वाचन आचार संहितका पक्षमा हस्ताक्षर गर्ने परम्परा छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell