काठमाडौं : निर्वाचन आयोग पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा केही समय छलफलमा सहभागी भएर बाहिरिएका छन्। बाहिरिँदै गरेका देउवालाई पत्रकारहरुले प्रश्न गरेपछि सकेसम्म पन्छिन खोजे। उनले यतिमात्र भने : चुनाव हुन्छ हुन्छ हुन्छ।
देउवा सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्। देउवा फर्केका भए पनि अन्य नेताहरु भने छलफलमै सहभागी छन्।
संसदको म्याद सकिनु एक दिन तथा समानुपातिक तर्फको मनोनयन दर्ताको दुई दिन अघि शीर्ष नेताहरुला निर्वाचन आयोगले आयोगमै डाकेर सामुहिक प्रतबद्धता मागेको थियो।
आसन्न निर्वाचनलाई धाँधलीरहित र सहज रुपमा सम्पन्न गर्नका लागि प्रतिबद्धता माग्न डाकेको बैठकमा सहभागी हुन नेताहरु आयोग पुगेका हुन्।
निर्वाचन आचार संहिता तथा निर्वाचनका अन्य विषयमा आयोगमा छलफल हुने कार्यक्रम छ। दलका नेताहरुले आयोगमा उपस्थित भएर जारी हुने प्रतिबद्धतामा पक्षमा हस्ताक्षर गर्ने परम्परा छ।