PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

भारतीय कम्पनीसँग फास्ट ट्रयाकको डिपिआर किन्न सरकारले दियो स्वीकृति



पहिलोपोस्ट

भारतीय कम्पनीसँग फास्ट ट्रयाकको डिपिआर किन्न सरकारले दियो स्वीकृति

काठमाडौं :  काठमाडौँ–तराई(मधेश) द्रुतमार्ग (फास्ट ट्र्याक)आयोजना निर्माणको विस्तृत परियोजना भारतीय कम्पनीसँग किन्नका लागि सरकारले स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भारतीय कम्पनी इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएल एन्ड एफएस) ले तयार पारेको डिपिआर किन्न स्वीकृति दिएको हो। 

भारतीय कम्पनीले नै उक्त परियोजना निर्माण गर्ने तयारी गरेको भएपनि  भारतीय कम्पनीको प्रस्ताव नेपालको पक्षमा नभएको भनी आलोचना भएपछि त्यसलाई खारेज गर्दै  परियोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell