PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

फ्राइडे रिलिज: हलिउडको दुई फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: हलिउडको दुई फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिजअन्तर्गत कुनै पनि नेपाली फिल्म सार्वजनिक भएनन्। दुई साताअघि सार्वजनिक 'छक्का पञ्जा २'को दर्शक फ्लो कम भएको छैन। त्यसैको प्रभाव हुन सक्छ कुनै पनि फिल्मले असोज ११ पछिको तीन सातासम्म पनि रिलिज टार्गेट गरेका छैनन्।

बलिउडतर्फ पनि नेपालका लागि कुनै नयाँ फिल्म रिलिज भएनन्। जुड्वा २ ले सिंगल तथा मल्टिप्लेक्समा छक्का पञ्जा २ पछिको धेरै शो पाइराखेको छ।

हलिउडको भने दुई नयाँ फिल्म नेपाली पर्दामा उत्रिएका छन्। 'द फरेनर' र 'ब्लेड रनर २०४९' सार्वजनिक भएका हुन्।

ज्याक्की च्यान स्टारर तथा निर्मित 'द फरेनर' एक्शन थ्रिलर फिल्म हो। छोरीको हत्याराको खोजी गर्न निस्किएको बावुले भोग्न पर्ने अवस्थाहरु फिल्मको मुख्य विषय हो। मार्टिन क्याम्पेनबल निर्देशित फिल्ममा अन्य कलाकार प्रिस ब्रोसनान, चार्ली मर्फी, लिउ टाव, क्याटी लग लगायतको अभिनय रहेको छ।

त्यस्तै डेनिस भिलनएभ् निर्देशित साइन्स फिक्शन फिल्म 'ब्लेड रनर २०४९' सन् १९८२ को चर्चित फिल्मको सिक्वेल हो। फिल्ममा र्यारन गोस्लिङ र ह्यारीसन फोर्डको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell