PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राष्ट्रपति भण्डारीद्वारा विभिन्न सात वटा विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा विभिन्न सात वटा विधेयक प्रमाणीकरण

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई आएका विभिन्न सात वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले संसदबाट पारित भई आएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, राष्ट्रिय समावेशी आयोग विधेयक, आदिवासी जनजाति आयोग विधेयक, मधेशी आयोग विधेयक, अन्तर-सरकारी वित्त व्यवस्थापन विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell