PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

अमेरिकाले किन गर्‍यो युनेस्कोबाट हट्ने निर्णय ?



पहिलोपोस्ट

अमेरिकाले किन गर्‍यो युनेस्कोबाट हट्ने निर्णय ?
फाेटाे श्राेतः.jpost.com

बेइजिङ :  संयुक्त राज्य अमेरिकाको युनेस्कोको सदस्यबाट हट्ने निर्णयप्रति संयुक्त राष्ट्रसंघ र फ्रान्सले दुःख व्यक्त गरेका छन्। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले विश्वमा हिंसा बढिरहेको र ठूलो सङ्ख्यका बालबालिका पनि युद्धको चपेटामा परिरहेको समयमा युनेस्कोले शिक्षामा लगानी बढाउनुपर्ने समय भएको उल्लेख गरेका छन्। 

उनीहरुले अमेरिकाले यो निर्णयलाई दुःखद भनेका छन् ।यस्तो समयमा अमेरिकाले युनेस्को छोड्नुले यो विश्वव्यापी अभियानलाई नै असर पार्ने अवस्था पनि आउनसक्ने राष्ट्रसंघले जनाएको छ। 

अमेरिकाको युनेस्कोबाट अलग हुने निर्णयको कार्यान्वयन सन् २०१८ को डिसेम्बर ३१ बाट सुरु हुने बताइएको छ। त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहने छ। 

फ्रान्सको राजधानी पेरिसमा मुख्यालय रहेको युनेस्कोबाट आफ्नो प्रतिनिधित्व हट्ने सम्बन्धी निर्णय अमेरिकाले बिहीबार गराएको थियो। 

अमेरिका र इजरायलले युनेस्कोका कतिपय निर्णयहरुप्रति असहमति प्रकट गर्दै आएका थिए। यही पृष्ठभूमिमा शुक्रबार अमेरिकाले उक्त निर्णय गरेको थियो। इजरायलले अमेरिकी निर्णयको स्वागत गरेको छ। 

प्यालेस्टाइनलाई युनेस्कोले सन् २०११ मा पूर्ण सदस्यता दिने निर्णय गरेपछि अमेरिकाले त्यसको विरोध गरेको थियो। सो निर्णयको इजरायलले पनि कडा विरोध गरेको थियो । 

अमेरिकाले सोही मितिदेखि नै युनेस्कोलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो। अमेरिकी सहायता कटौतीपछि युनेस्कोलाई काम गर्न केही कठिन भएका समाचारहरु पनि यसअघि आएका थिए। 

अमेरिकाको यो निर्णयपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले शुक्रबारै ट्वीट गर्दै युनेस्कोबाट अलग हुने बारेको प्रक्रिया सुरु गर्न इजरायली विदेश मन्त्रालयलाई निर्देशन दिइएको बताएका छन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell