PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

काठमाडौंको हाँडिगाउँबाट ठूलो परिमाणमा पटाका बरामद



पहिलोपोस्ट

काठमाडौंको हाँडिगाउँबाट ठूलो परिमाणमा पटाका बरामद

काठमाडौं :  प्रहरीले ठूलो परिमाणमा पटाका तथा तिहारमा जलाउने विष्फोटक पदार्थ बरामद गरको छ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति हाँडिगाउँ ५ स्थित एक घरबाट विष्फोटक पदार्थ बरामद गरेको हो।

घरभाडामा लिई वसेका भारत विहारका रामकेशर प्रसाद यादव भने फरार रहेको छन्। वृत्तका प्रमुख डिएसपी कुलदीप चन्दले भने,‘प्रहरीले छापा मारेको थाहा पाउने वितिक्कै  पछाडिको ढोकाबाट उनी भाग्न सफल भए।’

फरार यादवले तिहारलाई लक्षित गरी भारतबाट पटाकालगायतका विष्फोटक पदार्थ ल्याई स्टोर गरी राजधानीका विभिन्न पसलमा साइकलबाट वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले रकेट वम पटाका, भुइँचम्पालगायतका हजारौ‌ं मूल्य बराबरका पटाका बरामद गरेको छ। 

गृह मन्त्रालयले पटाकालगायत विष्फोटक पदार्थ विक्री वितरणमा रोक लगाएको छ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell