PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

'रुद्रप्रिया' हेर्न चाहिने भयो प्यारेन्टल गाइडलाइन्स



पहिलोपोस्ट

'रुद्रप्रिया' हेर्न चाहिने भयो प्यारेन्टल गाइडलाइन्स

काठमाडौं: फिल्म 'रुद्रप्रिया'लाई सेन्सरबोर्डले पिजी सर्टिफिकेट दिएको छ। कार्तिक २ गते लक्ष्मीपूजाको अवसर पारेर देशव्यापी रिलिजको तयारीमा रहेको फिल्मलाई सेन्सरबोर्डले प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दियो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ।



निर्मात्री तथा अभिनेत्रीसमेत रहेकी रेखा थापाले दिएको जानकारीअनुसार फिल्ममा देखाइएका केही एक्शनका दृश्यले गर्दा फिल्मलाई युनिभर्सल सर्टिफिकेट नदिइएको हो। चलचित्र संघले फिल्म एकसाथ हल र डिजिटल टिभी रिलिज गर्न नमिल्ने नियम विपरित उभिएर रेखाले रुद्रप्रिया सिनेमा हल र डिसहोममार्फत प्रदर्शन गराउने भएकी छिन्।

रुद्रप्रिया एसिड अट्याक पीडित र बलात्कृत किशोरीहरुको कथामाथि बनेको फिल्म हो। फिल्ममा सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहेको छ। रेखा थापा, आर्यन सिग्देलको, राजन ईशान, टिका पहारी लगायतले अभिनय रहेको छ। रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell